नेपाल कसरी बनाउने?
शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक मुद्दाहरु !
शिक्षकलाई सांसदको भन्दा बढी तलब–सुविधा दिऊँ
शिक्षण पेसामा सक्षम मानिसको किन आकर्षण छैन भन्ने आजको चासोको विषय हो । सार्वजनिक विद्यालयमा शिक्षक किन अपुग छन् ? किन सार्वजनिक विद्यालयका करिब एकतिहाइ शिक्षक अक्षम छन् भनेर प्रतिवेदनहरूले भनिरहेका छन् ? निजी विद्यालयहरू किन खोजेको जागिर नपाउँदासम्म हल्लिने क्षेत्र बनिरहेका छन् ?
राष्ट्रियतामा अलिकति पुगेन !
केही दिनअघि च्याटको एउटा मेसेजमा एकजना भाइको सन्देश आयो, ‘साथीहरू, एउटा गुड न्युज छ । म नेपाल फर्किंदै छु, छिट्टै ।’ करिब दुई वर्षदेखि अमेरिकामै रहेका भाइ आफ्नो खुसी हामीसँग बाँड्न चाहन्थे । सन्देश आउनेबित्तिकै अर्का एक भाइले मेसेज गरिहाल्यो, ‘किन दाइ ? यतै बस्ने गरी नफर्किनुस् है । यसो घुमघामका लागि हो भने निर्धक्क आउनुहोस् । कस्सम, नेपाल नै फर्किने गल्ती नगर्नुस् है !’
विवेकशील साझाको पाँच वर्ष
नेपाल बन्दको दिन हामीमा गाडी जलाइदिने पो हुन् कि, पसल तोडफोड गरिदिने पो हुन् कि, अफिस जाँदा बाटामै रोकिनुपर्ने पो हो कि भनेर एउटा डरको माहोल हुन्थ्यो । बन्दकर्तालाई पनि बिहानै एउटा गाडी जलायो, केही चोकमा पाँच–सातजना लट्ठी लिएर उभियो अनि पूरै नेपाल बन्द गर्यो, राजनीति सजिलै चलेकै थियो । विवेकशीलले त्यो डरलाई तोडेर राजनीति सुरु गरेको थियो ।
प्रतिनिधिसभामा स्वतन्त्र कि दलीय उम्मेदवार ?
अघिल्लो स्थानीय निर्वाचनमा विभिन्न पदमा झन्डै दुई सय ३३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यसपालि यो संख्या तीन सय ८७ पुग्यो । पालिका प्रमुखमा अघिल्लोपल्ट चारजनाले जितेका थिए भने यसपालि यो १३ पुग्यो । काठमाडौंमा बालेन र धरानमा हर्कको जित अपवाद हुन् वा आउँदै गरेको आँधीको संकेत ? समयले बताउने नै छ ।
वैकल्पिक राजनीति गिजोल्ने त्यो ‘आलेख’
फ्रान्सेली राज्यक्रान्तिको करिब दुई सय वर्षपछि सन् १९७२ मा जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री, चर्चित कूटनीतिज्ञ चाउ एन लाईसँग प्रतिक्रिया माग्दा उनले छोटो उत्तर दिए, ‘अहिले नै यसबारे बताउन छिटो हुन्छ ।’ उनको यो भनाइ संसारभर चर्चित भयो । दुई सय वर्षपछि पनि उक्त क्रान्तिलाई हेर्ने चिनियाँ नेताको दृष्टिकोण कति गहिरो र दूरदर्शी रहेछ भन्ने बहस भयो ।
शिक्षामा राजनीति होइन, शिक्षाको राजनीति गरौँ
राजनीति केका लागि गर्ने ? अधिकांश नेताहरूको उत्तर हुने गरेको छ– बेरोजगारी हटाउन, असमानता घटाउन, समाजमा हिंसा भड्किन नदिन, शान्ति सुरक्षा कायम गर्न, नागरिकलाई सक्षम बनाउन, देशलाई समृद्ध बनाउन । यस प्रश्नमा फेरि पनि प्रतिप्रश्न गर्न सकिन्छ, त्यसो भए बेरोजगारी कसरी हट्छ त ?
केसी हारे नेपाली हार्छन्, शनिबार माइतीघर जाउँ
डा. केसीलाई भेट्ने जोकोहीले उनीमा भएको त्याग, निष्ठा र इमानदारी महशुस गर्न सक्छ। नत्र बारम्बार आफ्नो ज्यानको बाजी थापेर आठ–आठचोटि अनसन बस्न को तयार हुन्छ र यो युगमा? तर, आम नेपालीलाई उनको त्याग र तपस्याले भन्दा उनको अभियानबाट के फाइदा हुन्छ भन्ने प्रश्नले महत्व राख्छ।
दोषी नेता हैनन्, नागरिक नै हुन्
हामी आफ्ना छोराछोरी अमेरिका जाऊन्, बेलायत जाऊन्, क्यानडा जाऊन् भन्ठान्छौं अनि अरु कसैका छोराछोरी आएर देश बनाइदिऊन् भनेर सोच्छौँ। हामी अरु नै कोही सडकमा गएर आफ्ना लागि लडोस् भन्ने कामना गर्छौं। हामी एक जना अनि एउटा पार्टीलाई भोट दिएपछि सबै काम हुन्छ भनेर खेल मैदानभन्दा बाहिर निस्कन्छौं।
‘बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु’
बुबा, मलाई तपाईंले ‘मेरो छोरा डाक्टर बन्छ, इन्जिनियर बन्छ, धेरै पैसा कमाउँछ अनि बालाई पाल्छ’ भन्दै बुई चढाएको हिजोझैं लाग्छ। मलाई हुर्काउन, सक्षम बनाउन तपाईंले आफ्ना धेरै इच्छा–आंकाक्षा समर्पित गर्नुभएको छ। मेरो खुसीका लागि तपाईंले गर्नुभएको समर्पण मैले बुझेको छु।
अब उम्मेद्वार नेताको खल्तीबाट होइन, जनताको मनबाट आउनेछन्
केही समय अगाडि हामी एउटा कार्यक्रममा गएका थियौं। उक्त कार्यक्रममा एक जना ठूला दलका नेता भन्दै थिए, ‘हामीले जनताको म्यान्डेट पाएका छौं। हामीले जे भनेका छौं, त्यही हुनुपर्छ। कि त सक्षम मान्छे राजनीतिमा आउनुपर्यो ? आफू लुकेर बस्ने अनि हामीले गरेको यो भएन त्यो भएन भनेर भन्न पाइन्छ?’ उनको आक्रोश अनि भनाईमा सत्यता थियो। राम्रो सक्षम मान्छे राजनीतिमा नआउने अनि बाहिर बसेर खाली यो भएन त्यो भएन भनेर मात्रै कहाँ हुन्छ त
विद्यार्थी हितकारी परिषद्
‘केटाहरू हो, यसपालिको स्ववियु निर्वाचनमा हामीले कुनै पनि हालतमा जित्नैपर्छ। विपक्षी एक–एकलाई छानीछानी क्याम्पसबाट लखेट्नुपर्छ! माथि सबै सेटिङ भइसक्या छ। पैसाको ‘नो प्रोब्लम’ है! जसले जे भन्छ त्यही दिनू तर कुनै पनि हालतमा स्ववियुचाहिँ हाम्रै हातमा है केटा हो!’
‘नारी दिवस’ कसका लागि ?
‘तिम्रो बुबा के गर्नुहुन्छ ?’ यो प्रश्नको उत्तर हामी नहिच्किचाई दिन सक्छौं । ‘अनि, आमा ?’ धेरैको उत्तर अलि ढिलो आउँछ, ‘अहँ केही गर्नुहुन्न, घरमै बस्नुहुन्छ ।’ बिहान ४ देखि बेलुकी १० बजेसम्म काम गर्ने आमा किन केही काम गर्नुहुन्न भन्ने बुझिन्छ र बिहान १० बजे अफिस गएर बेलुका ४ बजे घर फर्कने बुबाचाहिँ किन काम गर्ने भनी व्याख्या गरिन्छ ?
‘प्लस टु’ कि ‘माइनस टु’ ?
अहिले अनेक सपना बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, ‘प्लस टु’ पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस् । उनीहरूको २ वर्ष ‘माइनस टु’ होइन, साँच्चै ‘प्लस टु’ बन्न सकोस् ।
कहाँ छ सरकार!
२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहको पालाबाट सर्वेक्षण सुरु गर्न योजना बनेको यो(मेलम्ची)आयोजना ४४ सालमा खोला पहिचान अनि ४७ सालमा काठमाडौंको बाटो पखाल्ने कृष्णप्रसाद भट्टराईको भाषणपछि चर्चित बन्यो। योजनाहरू बने, आयोजना सुरु भयो, भाषण गरेको पनि आज २८ वर्ष बित्यो तर पानी आएको छैन।
मधेशलाई काठमाडौंको माफीपत्र
मेरो हरेक दिन जुत्ता पालिस गरेर हिँड्ने बानी छैन। आज एउटा महत्वपूर्ण मिटिङ भएको र केही समय बाँकी रहेकाले महाराजगन्जको फुटपाथमा आफ्नो कालो जुत्ता चम्काउन बसेँ। जुत्तामा पालिस लगाउँदै गर्दा महेन्द्रनारायण दाइसँग कुरा सुरु भयो। कुरा गर्दा गर्दै मैले “दाइ तपाईंको घर कहाँ हो ?” भनेर सोधेँ। एक्कासि उहाँले लगाइरहेको पालिस रोकेर आफ्नो खल्तीबाट नागरिकता निकालेर “राजविराज हो, म नेपाली हुँ” भन्दै नागरिकता देखाउनुभयो। मैले केही बोल्ने आँट गर्न सकिनँ। “हैन, हैन दाइ पर्दैन“ भन्दै नागरिकता भएको हात समाएँ। मैले त्यो नियतले प्रश्न सोधेको थिइनँ। तर उनको आखाँमा छुट्टै आगो देखेँ।
‘पञ्चायत २.० को आगमन
२०४६ चैत २६ गते राति ११:१५ बजे शाही घोषणासँगै झन्डै ३० वर्ष लामो निर्दलीय पञ्चायतले लगाएको ‘दलमाथिको प्रतिबन्ध’ फुकुवा भयो । नेपाली कांग्रेस लगायत वामपन्थी पार्टीहरूले दलगत मान्यता पाए । फलस्वरूप बहुदलीय प्रजान्त्रको सुरुवात भयो । तर २७ वर्षपछि अहिले फेरि त्यही घटना उल्टिने स्थितिमा पुगेको छ ।
संविधानलाई ‘बलिको बोको’ नबनाऔं
नागरिक भोक लाग्यो भन्दै छन्, रोजगारी खोज्दै छन् । सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय र निःशुल्क शिक्षाका निम्ति तड्पिरहेका छन् । तर, हामी भन्दै छौं— संघीयता खारेज गरौं, धर्मनिरपेक्षतामा जनमतसंग्रह गरौं, राजतन्त्र फर्काऔं । खोला एकातिर बगेको छ, पुल अर्कैतिर बनाउनु समाधान होइन ।
पपुलिस्ट नेता, पपुलिजमप्रेमी जनता
मिठाई पसले र डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएछन् । चुनाव प्रचारमा डाक्टरले सबैलाई स्वस्थ राख्ने बाचा गर्दो रहेछ । उता मिठाई पसले भने आफूले जिते सबैलाई पसलको मिठाई दिने बाचा गर्दो रहेछ । डाक्टरले जिते तितो औषधि दिन्छ भन्दै उसलाई भोट नदिन चर्को भाषण गर्दोरहेछ ।
शिक्षा – स्वास्थ्य राज्यकै दायित्व
शिक्षा अनि स्वास्थ्यबारे हामीकहाँ आज जुन बहस हु“दै छ, त्यस्तै बहस अमेरिकामा आजभन्दा सय वर्षअघि भएको थियो । अमेरिका र क्यानडाको स्वास्थ्य शिक्षा आज यो अवस्थासम्म आइपुग्नुको पछाडि १९१० को ‘फ्लेक्सनर प्रतिवेदन’को ठूलो भूमिका छ । अब्राहम फ्लेक्सनरको नेतृत्वमा बनेको कार्यदलले तत्कालीन चिकित्सा शिक्षाको अवस्थामा बृहत् अध्ययन ग-यो ।
Overhauling education system
The biggest shortcoming of our education system is that we have not been able to engage the students. At times, our classrooms feel like jails to students
Teaching is an art of helping students to ‘learn’. Learning is always a ‘trial and error’ method. However, our education system is designed on the myth that the students do not know
ज्वाइँ सा’ब का पीडा
आज ससुरालीमा बिहे छ। नयाँ भएर हो कि, मलाई ससुराली जाने भनेपछि अलि असहज महसुस हुन्छ। तर, जब मेरी श्रीमतीको कुरा आउँछ, असहजताले ठ्याक्कै कोल्टे फेर्छ। उसलाई माइती जाने भन्यो कि दुई दिन अघिदेखि निद्रा लाग्दैन। ऊ बिहानैदेखि उत्साहित थिई।
डाक्टर बन्ने कि क्रिकेटर ?
सन् १९४० को दशक थियो, ‘एल्भिस प्रेस्ली’ विद्यालयमा औसत छात्र थिए। उनी खासै शिक्षकहरूको नजरमा पर्दैन थिए। उनको पढाइलाई लिएर परिवार चिन्तित थियो। उनी एकान्तमै बस्न रुचाउँथे। आठ कक्षामा पढ्दै गर्दा प्रेस्लीको संगीतमा सी ग्रेड आयो। उनको शिक्षकले उनमा गायकमा हुनुपर्ने गुण नै नभएको बताएका थिए। यतिसम्म कि उनलाई ‘ग्ली क्लब’बाट (एक सांस्कृतिक समूह) बाहिरै राखियो। उही प्रेस्ली पछि महान् अमेरिकी गायक अनि कलाकार भएर निस्किए। उनलाई संसारले ‘किंग अफ रक एन्ड रोल’ भनेर चिन्छ।
कांग्रेसको विकल्प के ?
२०५१ साल साउन २२ गते कांग्रेसमा एउटा मोड आयो (दलीय द्वन्द्व, पेज १२६/१२७)। शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि चुनाव नलड्ने सर्तमा केन्द्रीय समिति बैठकले लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने निर्णय गर्यो। यो निर्णयमा कोइरालासहित सबै नेताले सहमति जनाए। नेताहरूले व्यक्तिगत त्याग गरेर पार्टी जोगाउने नीति लिएको आभास भयो।
डाक्टरदेखि डर लाग्छ…
हाम्रो समाजमा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि अस्पताल जानुपर्छ भन्ने चेतना छैन । ट्वाइलेट गएपछि हात धुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर मान्छे फेरि पनि हात किन धुँदैनन् ? चेतना शिक्षासँगभन्दा बढी व्यवहारसँग जोडिन्छ । अस्पताल जाने कुरा शिक्षासँगै व्यवहारमा पनि भर पर्छ ।
लोकतन्त्र २.०
युनिभर्सिटी अफ एम्सटरड्यामका प्राध्यापक मार्लियस ग्लासियस र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्राध्यापक ‘आर्मिन इसकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे– एथेन्स, कायरो, लन्डन र मस्कोका अगुवा नागरिक किन आफूले चुनेकै सरकार विरुद्ध सडकमा आइरहेका छन् ?